सर्बप्रथम , अनलाइन फारम भर्नु भन्दा पहिला / पठाउनु भन्दा पहिला फारम शुल्क रु. ३०० यस कलेज को राष्ट्रिय बाणिज्य बैंक बालाजु साखा मा रहेको "Sing Academy" खाता नाम र "119000213601" खाता नं. मा बैंक डिपोजिट गर्नु हुन अनुरोध गरिन्छ | साथै शुल्क जम्मा गरेको भौचर / प्रमाणको फोटो पनि फारम संगै पठाउनु होला | अनलाइन फारम भर्दा केहि समस्या आएमा मो. नं. 9841465909/ 9869065674/ 9843300792 मा सम्पर्क गर्नु होला |

सूचना

पूर्ण शुल्किय खुल्ला कोटाको आवेदन फारम साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

  1. पासपोर्ट साइजको २ प्रति रंगिन फोटो |
  2. SEE / SLC उत्तीर्ण Marksheet को प्रमाणित प्रतिलिपी – १ प्रति |
  3. SEE / SLC उत्तीर्ण School Character Certificate को प्रमाणित प्रतिलिपी – १ प्रति |
  4. नागरिकता वा नावालिक वा जन्मदर्ताको प्रमाणित प्रतिलिपी वा नेपाली नागरिक हो भनी प्रमाणित हुने प्रमाण पत्रको प्रमाणित प्रतिलिपि – १ प्रति |

बर्ग्रीकृत (निशुल्क ) छात्रवृत्ति कोटाको आवेदन फारम साथ पेस गर्नु पर्ने आवश्यक कागजातहरु :

  1. पासपोर्ट साइजको २ प्रति रंगिन फोटो |
  2. SEE / SLC उत्तीर्ण Marksheet को प्रमाणित प्रतिलिपी – १ प्रति |
  3. SEE / SLC उत्तीर्ण School Character Certificate को प्रमाणित प्रतिलिपी – १ प्रति |
  4. नागरिकता वा नावालिक वा जन्मदर्ताको प्रमाणित प्रतिलिपी वा नेपाली नागरिक हो भनी प्रमाणित हुने प्रमाण पत्रको प्रमाणित प्रतिलिपि – १ प्रति |

अन्य ऐच्छिक आबश्यक कागजातहरु :

  1. सरकारी वा सामूदायिक बिद्यालय हो भनि क्रमस : सम्बन्धित जिल्लाको शिक्षा समन्वय इकाई कार्यालय वा सम्बन्धित बिद्यालयले प्रमाणित गरेको प्रतिलिपी |
  2. सूचना पुरा पढ्नु होस्
  3. दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सुचिकृत भएको अनुसूची ३ अनुसार जातीहरु र सूचिकृत भएको जाती भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित जिल्ला प्रसासन कार्यालय / पालिका कार्यालयहरुबाट प्रमाणित गरिएको वा दलित परिचयपत्रको प्रतिलिपी |
  4. मधेसी / मुस्लिमहरुको हकमा सम्बन्धित पालिका / जिल्ला प्रसासन कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रतिलिपी |
  5. मुस्लिमको हकमा सम्बन्धित पालिका वा जिल्ला प्रसासन कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रतिलिपी |
  6. आदिबासी जनजातीको हकमा नेपाल आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन बमोजिम सुचिकृत भएको अनुसूची ४ अनुसार जातीहरु र सुचिकृत भएको जाती भित्र एक सम्बन्धित पालिका / जिल्ला प्रसासन कार्यालयबाट प्रमाणित गरिएको आदिबासी जनजाती प्रमाणपत्रको प्रतिलिपी |
  7. पिछडिएको दुर्गम क्षेत्रको हकमा अछाम, कालिकोट , जाजरकोट, जुम्ला , डोल्पा ,बझाङग् , बाजुरा , मुगु र हुम्ला जिल्लाबाटनै न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको शैक्षिक योग्यता तथा स्थायी बसोबास गरेको सम्बन्धित पालिका कार्यालयले जारी गरेको प्रमाणपत्रको प्रतिलिपी |
  8. बेपत्ता पारिएका व्यक्ति र शहिद परिवार तथा घाइते वा निजको परिवारले बिक्रम सम्बत २०६२/६३ को जनआन्दोलन, जनयुद्ध , मधेस आन्दोलन लगायत मुलुक भित्र भएका सबै आन्दोलनको क्रममा बेपत्ता पारिएका व्यक्ति तथा सहिद परिवार / जनआन्दोलन घाइते परिवार / द्वन्दपिडित / बिस्थापित हो भनि सम्बन्धित जिल्ला प्रशसन कार्यालयले प्रमाणित गरीदिएको सिफारिसपत्र वा परिचयपत्र र नाता प्रमाणित पत्रको प्रतिलिपी |
  9. अपाङ्गको हकमा राट्रिय अपाङ्ग महासंग वा जिल्ला प्रसासन कार्यालयको पत्र वा अपाङ्ग परिचयपत्रको प्रतिलिपी |
  10. पूर्व कमैया / हलीयाहरुको हकमा सम्बन्धित जिल्ला भुमि सुधार कार्यालयले जारी गरेको प्रमणपत्रको प्रमाणित प्रतिलिपी र नाता प्रमाणपत्रको प्रतिलिपी |
  11. बिपन्न बर्गको हकमा सम्बन्धित पालिका कार्यालयले प्रमाणित गरिदिएको पत्रको प्रतिलिपी |
  12. एकल महिलाको हकमा सम्बन्धित पालिका कार्यालयले जारी गरेको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
  13. परिसदबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने बिधार्थीले अध्ययन पश्चात नेपाल सरकारले चाहेमा खटाएको स्थानमा गई तोकिएको समयसम्म सेवा गर्नु पर्नेछ | सो का लागि आवेदन फारममा उलेखित कबुलियतनामा गर्नुपर्नेछ |
  14. आवेदन फारमसाथ पेश गर्नुपर्ने कागजातहरु उमेदबार स्वयंमले प्रमाणित गरी पेश गर्नुपर्नेछ |

पूर्ण शुल्किय खुल्ला कोटा फारम डाउनलोड गर्न Click गर्नुहोस

पूर्ण शुल्किय लक्षित बर्ग कोटा फारम डाउनलोड गर्न Click गर्नुहोस

डाउनलोड गरेर सो PDF फारम लाइ प्रिन्ट गरी आवशेक विवरण भरि तल उलेखित बमोजिम upload गर्नु होस्